आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ ।कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यक्रम छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
---

१४ वर्षमा पनि बनेन कमलामा पुल

माओवादी नेतृत्वको सरकारले युवालाई विशेष प्राथमिकता दिएको छ : प्रचण्ड

आजको मौसमः मधेसमा मध्यम वर्षा हुने

सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु,१५ जनाघाइते

वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

प्रतिक्रिया