बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

नयाँ फोर्थिङ फ्राइडे आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती मूल्यमा, प्रारम्भिक मूल्य कति ?

काठमाडौं- नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन (EV) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ ’ लाई नेपाली बजारमा ल्याएको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ।

फोर्थिङ  को पहिलो मोडेल, Friday EV, नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रियअटो प्रदर्शनी NAIMA २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो। यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको हो।

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV, Friday EV को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ। यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिने कम्पनीको दाबी छ ।

Friday EV दुई भेरियन्टमा उपलब्ध छ — लक्जरी र एक्सक्लुसिभ — जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख छ। NAIMA को विशेष अफर अन्तर्गत, Forthing ले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो+ बीमा प्रदान गर्दैछ। यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सक्नेछन्।

शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ। साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ, र एक्सक्लुसिभ
भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ।

Forthing Friday EV ले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम स्तरका सुविधाहरू र NAIMA को विशेष अफर पनि उपलब्ध गराउँछ। यी सबै कुराले Forthing Friday EV लाई नेपाली बजारमा आफ्नोसेग्मेन्टमा सबैभन्दा बढी मूल्यवान र किफायती विकल्प बनाएको छ । जहाँ विलासिता, शक्तिशाली प्रदर्शन, र नयाँ प्रविधि प्रतिस्पर्धीहरू भन्दा सस्तो मूल्यमा उपलब्ध छ। Forthing सँग सहकार्यगर्दै, लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर् याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ। कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ।