प्रधानमन्त्री देउवालाई मोदीको बधाई
काठमाडौँ : विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
देउवाले प्रतिनिधि सभामा १६५ सांसदको समर्थनसहित विश्वासको मत पाएलगत्तै मोदीले ट्वीटरबाट बधाई दिएका हुन् । साथै मोदीले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवासँग मिलेर दुई देशको आपसी हितको पक्षमा काम गर्न तयार रहेको पनि मोदीले ट्वीटमा उल्लेख गरेका छन् ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया