जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताएका छन् । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उहाँले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताए ।
वीरेन्द्रनगर नगरपालिका–११ मा स्थानीयवासीसँग भेटघाट तथा अन्तक्र्रिया गर्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए । उनले भने , “रातो किताबमा योजना आएरमात्र पर्याप्त हुँदैन, जबसम्म जनता त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षित रूपमा अगाडि बढ्दैन ।”
जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । मुख्यमन्त्री कँडेलले भने , “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ ।”

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, पाँच जना मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताको जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्…

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रतिक्रिया