मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सेलाया, मेक्सिको- मेक्सिकोको गुआनावाटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक घरमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा १० जनाको ज्यान गएको पुष्टि गरिएको छ । पीडितहरूमध्ये केही बालबालिका पनि रहेका छन् ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिमा केही व्यक्तिहरू घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ। राष्ट्रपति क्लाउडिया शेइनबाउमले बिहानको पत्रकार सम्मेलनमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘निन्दनीय’ भन्दै दोषीको पहिचान र कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
गुआनावाटो राज्य, जुन औद्योगिक केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, पछिल्ला वर्षहरूमा आपराधिक गिरोहबीचको हिंसाले गम्भीर असर पारेको छ । सरकारी तथ्यांकअनुसार, गत वर्ष राज्यभित्र तीन हजार भन्दा बढी हत्या भएका थिए ।
स्थानीय सुरक्षासम्बन्धी निकायहरूका अनुसार यस क्षेत्रमा सान्ता रोजा डे लीमा गिरोह र जलिस्को न्यू जेनेरेशन कार्टेलबीचको द्वन्द्व प्रमुख कारण मानिएको छ ।
सन् २००६ यता लागूऔषधसँग सम्बन्धित हिंसात्मक घटनाहरूले मेक्सिकोमा करिब चार लाख ८० हजार जनाको ज्यान लिइसकेको छ भने एक लाखभन्दा दुई बढी व्यक्ति हालसम्म बेपत्ता छन् । , (एएफपी)

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

प्रतिक्रिया