संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकारको तर्फबाट कुनै ढिलाई हुन नसक्ने बताए ।
उनले प्रहरी प्रशासनको नीतिगत कानुनी र संरचनागत परिमार्जनका लागि ल्याइएको प्रहरी सम्बन्धी विधेयक सरकारको प्राथमिकतामा रहेको बताए । लेखकले यहीँ महिनाभित्र विधेयकलाई टुङ्गाएर सदनमा लैजाने अवस्था बनाउन समितिलाई आग्रह गरे । विधेयकका सन्दर्भमा समितिमा भएको छलफल र निष्कर्षलाई सरकारले स्वीकार गर्ने उनले बताए । मन्त्री लेखकले नागरिकतासम्बन्धी विधेयक पनि छिटै पारित हुने उल्लेख गरे ।
बैठकमा समिति सदस्यहरुले प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संसदीय समितिबाट पारित भएका विधेयकमाथि छेडखानी नगर्न प्रचण्डको चेतावनी

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री

भूउपयोग योजनाको तयारी र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य भ…

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत

विनियोजन विधेयक २०८२ पारित

प्रतिक्रिया