बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

काठमाडौँ- नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा विभिन्न सुविधाहरू रहेको छ । बैंकले प्रविधिमैत्री युवाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएको खातामा पहिलो वर्षको लागि नि:शुल्क डेबिट कार्डको सुविधा रहेको छ ।

प्रविधि र जीवनशैलीको परिवर्तनशील गतिशीलतासँगै बैंकले आजको पुस्तालाई परम्परागत बचत खाता भन्दा बढी आवश्यक रहेको जनाएको छ ।

त्यस्तै ३ लाख ७५ हजार रूपैयाँसम्म बीमा रहेको छ । बीमाले १३ गम्भीर रोगहरूको उपचारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

त्यस्तै एक वर्षको लागि नि:शुल्क मोबाइल बैंकिङ सेवा रहेको पनि बैंकले जनाएको छ ।

नेपालमा सेयर बजार लोकप्रिय बन्दै गइरहेको बेला एक वर्षको लागि डि-म्याट खाता र मेरो शेयर एक वर्षका लागि नि:शुल्क  रहेको जनाएको छ ।