बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

विशेष अदालतमा माधव नेपाल

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । बुधबार विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतमा उपस्थितबारे आजै दिएको निवेदनका आधारमा विशेष अदालतले उनको बयान लिने र थुनछेक बहससमेत आजै तोकेको हो ।