द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

बैतडी- सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि द्वारिकादेवी ठकुरानी यू–१९ टी–२० प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ‘बी’ मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । प्रतियोगिता कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । उद्घाटन खेल कैलाली र कञ्चनपुरबीच हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले जानकारी दिए ।

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

प्रतिक्रिया