एक सय रोपनीमा अकबरे खुर्सानी खेती
दमौली (तनहुँ)- तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानी खेती सुरु गरिएको छ ।
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए ।
कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ ।
खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी रु ३०० देखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो ।
उक्त वडाका आठ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_N7JjBBszlY_m8u4yo8fevjcdyzvufpdi8cghumkigk2gpdahc5ymlkaimcpgriupbyzjc5y.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

प्रतिक्रिया