जसले ग्रीस पठाइदिने भन्दै ठगे ३७ लाख

काठमाडौँ- वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौँ महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए।
चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम फरार भएका थिए। आचार्यका अनुसार बराम फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा आए।
निवेदन दिएपछि प्रहरीले खोजी सिलसिलामा सोह्रखुट्टेबाट पक्राउ गरेको आचार्यले बताए। बरामदलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

युद्धविराम घोषणापछि इजरायलमाथि इरानको क्षेप्यास्त्र प्रहार, तीन जनाको मृत्यु

प्रेम बानियाँको जिरो टु ८८४८: वृत्तचित्रमार्फत नेपाल चिनाउने नयाँ अभियान (भि…
इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

यस्तो हुनेछ आज दिनभरको मौसम

४ लाख नेपाली छन् कतारमा
_axU9sjIW2x_ptqbxsgvvqkmgkp1l0dvrvuihjhyktdpklsr1rcksqozlapcj8omikfe8146_9jqaN0kN1V_z5zjjp4bj8l1ddadvxhdq74kzbuktpe6uf1qtynoexv6fvitpwbyi9e8wz0t.jpeg)
कतारमा इरानको हमला : नेपालबाट कतार उड्ने सबै उडान बन्द
इरानको हमलापछि कतारस्थित नेपाली दूतावासले भन्यो- सतर्क रहनू

प्रतिक्रिया