मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

काठमाडौँ- इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने इरानले बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले यदि इजरायलले आफ्नो 'अवैध आक्रमण' तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने बताएका हुन् ।

‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शत्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन्’ उनले भने ।

उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।

र, यो पनि