मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

कतारमा इरानको हमला : नेपालबाट कतार उड्‌ने सबै उडान बन्द

फाइल तस्बिर

काठमाडौँ- सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदीदमा हवाई हमला गरेपछि कतारको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नेपालबाट कतार जाने सबै उडान बन्द गरिएको छ ।

नेपालबाट कतार जाने कतार एअरवेज, नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स लगायतका कुनै पनि व्यावसायिक उडानहरू बन्द भएका छन् । उक्त उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

उडान बन्द भएपछि नेपालबाट वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलपत्र परेका छन् ।

र, यो पनि