सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

किभ- युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ ।

“राजधानीमा अर्को आक्रमण भएको किभको सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोले एक विज्ञप्तिमार्फत बताएका छन् ।

गृहमन्त्री इगोर क्लेमेन्कोले सेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु हुनुका साथै आवासीय भवनको एक भाग ध्वस्त भएको तथा दक्षिणी बिला त्सेर्कवामा अर्को व्यक्तिको मृत्यु भएको बताएका छन् ।

युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिरस्कीले रूसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेपछि पछिल्लो आक्रमण भएको हो ।

किभले रूसविरूद्ध गरेको पछिल्लो आक्रमण ‘प्रभावकारी’ साबित भएको जनाउँदै सिरस्कीले युक्रेनले रूसी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण जारी राख्ने बताए ।

ऊर्जा र सैन्य पूर्वाधारलाई लक्षित गरी युक्रेनी पूर्वाधार र नागरिकमाथिको घातक रूसी आक्रमणहरूको उचित प्रतिक्रियासहित जवाफी हमला गरेको किभले बताएको छ ।

पूर्वी युक्रेनी सहर क्रामटोस्र्कको एउटा अपार्टमेन्टमा भएको रूसी आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनी सेनाको प्रशिक्षण मैदानमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । (एएफपी)