मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

जेरुसेलम- इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ ।  मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ ।

सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानहरूले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।  

यसअघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।  

सोमबार दुई देशहरूबीच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहन्तमा तीन वटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिवद्धता गरेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताएका छन् भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् । (एएफपी)