बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेटको न्यायोचित बितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका हुन् । उहाले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परेपनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे ।
महतले देशैभरी सांसद र कर्मचारीहरुले सर्वे गरेर सम्बन्धीत जिल्लामा आवश्यक पर्ने कुराहरुको प्राथमिकताको सूची बनाउदै समान ढंगले बजेट बितरण गर्नुपर्नेमा जोड दिए ।
सरकारले सांसदहरुको सिफारिसमा पनि बजेट बिनियोजन गरेको भन्दै उहाले कतै धेरै र कतै थोरै हुदा गुनासो आउनु स्वभाविक भएको धारणा राखे ।
उनले बजेटका बिषयमा सांसदहरुका गुनासोलाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्तबुझाउन सक्नुपर्ने बताए ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया