‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी- कास्कीको रूपा गाउँपालिकाले चार हजार क्षेत्रफल जग्गामा मसलाजन्य बाली विस्तार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’ भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली (अदुवा, लसुन, बेसार, टिमुर, हलेदो) लगाउन मसलाजन्य बाली उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका प्रमुख नवराज ओझाले बताए ।
लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने उनले बताए ।
कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवालाई कृषि पेसामा प्रोत्साहित गरी आयआर्जनमा जुटाउन एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘मेहनती किसानको हात : गाउँपालिकाको साथ’ भन्ने नाराका साथ कृषि क्षेत्रको लागत घटाउन कुल लागतको आधारमा व्यावसायिक किसानलाई लागत र उत्पादनमा आधारित अनुदान प्रदान गरिने अध्यक्ष ओझाले बताए ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

प्रतिक्रिया