बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत् तथा प्रशारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने समेत बताए । उनले विद्युत् प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थमन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए ।
नेपालले बिजुली निर्यात गरी मुलुकको ब्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले बताए । उनले भारत, बंगलादेश र चीनसम्म विद्युत् निर्यात गर्न आवश्यक प्रसारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे ।
भारतीय प्रसारण लाइनको उपयोग गरि बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको उनको भनाइ छ ।
उहाले सन २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभि प्रशारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
त्यस्तै मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता उठाउनका लािग प्रक्रियागत रुपमा अघि बढने भन्दै भ्रम नराख्न आग्रह पनि गरे ।

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

एमालेद्वारा ह्वीप जारी
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

प्रतिक्रिया