अमरेश सिंहले संसदमा भनेः ५ जिल्ला बाहेक अरु विदेशीलाई दिउ

स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिनु पर्ने भनेपछि संसद्मा हंगामा भएको छ। आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेता बाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए।
‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु–यो भाग्यमानी चार÷पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ,’ उनको भनाइ छ, ‘बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिउ, अमेरिकालाई दिउ, भारतलाई दिउ, चीनलाई दिउ।’
सिंहले थपे, ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने? खाली ट्याक्स लिनलाई राख्ने?’
उनले यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै यो अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।
‘छलफलमा सहभागी मानीय सदस्यले आपत्तिजनक विषय राख्नुभयो,’ बर्तौलाले भने, ‘विनियोजन छलफलमा भाग लिनु भएको छ। देशलाई अर्को कुनै देशलाई दिउ भनिरहनु भएको छ। यो देशद्रोही अभिव्यक्ति हो। यो कारबाहीको विषय हो।’
उनले थपे, ‘यो रेकर्डबाट हटाउने मात्रै होइन। उहाँलाई बोल्न दिने कुरामा पनि ख्याल गर्नुपर्छ। उहाँलाई यो भन्दा अगाडि बढ्न दिनु हुँदैन। कारबाहीको विषय बनाइयोस्। रुलिङ होस्।’
लगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए। ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘मैले रेकर्डबाट हटाउन निर्देशन दिन्छु।’

शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्गः सांसद थापा

अमरेश सिंहको ७२ जिल्ला विदेशीलाई लिजमा दिने अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, कस्ता छन् कार्यसूची?

भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न हुँदैनः श्याम घिमिरे

गाउँघरमा बिरामी र मृत्यु हुँदा शव बोक्ने युवा छैनन्ः सांसद भण्डारी

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

प्रतिक्रिया