सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौँ- टी–२० आई सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । शुक्रबार राति भएको खेलमा स्कटल्याण्डसँग नेपाल ३४ रनले पराजित भएको हो ।
जितका लागि नेपाललाई स्कटल्याण्डले ५ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको थियो । नेपाल १५९ रनमा अलआउट भयो ।
सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि समान चार चार अंक जोडे । रनरेटमा भने स्कटल्यान्ड पहिलो, नेपाल दोस्रो र नेदरल्यान्ड्स तेस्रो भए ।
जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।

यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर

मेलबर्न स्टार्ससँग पनि नेपाल निरिह, लगातार तेस्रो हार

मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य

बंगलादेश 'ए'ले नेपाललाई जितका लागि दियो १८४ रनको लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

प्रतिक्रिया