बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा (दार्चुला)- ढुङ्गा लागेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । 

महाकाली नगरपालिका निसिल घर भएका प्रहरी जवान दिपेन्द्र पालको भिरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर मृत्यु भएको हो । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान पाल केहि दिन अगाडि बिदामा घर आएका थिए ।