अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : राष्ट्रपति सी

अस्ताना, कजाकस्तान- चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार मध्य एसियासँग चीनको ’शाश्वत मित्रता’को उत्सव मनाउने कजाकिस्तानमा भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
अस्तानामा भएको शिखर सम्मेलनले सीलाई कजाकिस्तान, किर्गिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।
सन् १९९१ मा सोभियत सङ्घको पतन नहुञ्जेलसम्म रुसको पकडमा रहेका मध्य एसियाका पाँच राष्ट्रले स्वतन्त्र भएदेखि नै चीन, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकालगायत प्रमुख शक्तिराष्ट्रहरूको चासोको बिषय बन्ने गरेका छन् ।
शिखर सम्मेलनमा समूहले ‘अनन्त’ मित्रताको सम्झौतामा हस्ताक्षर गरेको थियो किनकि सीले प्राकृतिक संसाधनले धनी क्षेत्रसँग घनिष्ठ सम्बन्धको लागि आह्वान गरेका छन् ।
“थप उद्यमशील मनोवृत्ति र अधिक व्यावहारिक उपायहरूको साथ सहयोगलाई सुदृढ पार्नु सम्मेलनको ध्येय रहेको राष्ट्रपति सीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाद्वारा प्रकाशित समाचारमा भनिएको छ ।
चीन, रूस, मध्यपूर्व र युरोपको बीचमा रणनीतिक अवस्थितिलाई ध्यानमा राख्दै मध्य एशियालाई एक प्रमुख रसद केन्द्रको रूपमा पनि हेरिन्छ।
पश्चिमा तथा पश्चिमा गठबन्धन सहयोगी मुलुकका नेताहरू क्यानडामा हुने जी–७ सम्मेलनका लागि भेला भइरहेका बेला सीले सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको आलोचना पनि गरेका छन् ।
“ब्यापार युद्धले कोही विजेता हुँदैनन्,” अमेरिकी ट्रम्पको कर नीतिलाई सङ्केत गर्दै आएको सीको भनाइलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
मध्य एसियाका नेताहरूले रुसलाई रणनीतिक साझेदारका रूपमा हेरिरहेका छन् भने युक्रेनको युद्धपछि मस्कोसँगको सम्बन्ध शिथिल भएको छ ।
चीनले यस क्षेत्रमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गर्ने इच्छा पनि देखाएको छ, जुन उसको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को एक भाग हो । यो परियोजनालाई मध्य एशियाको वित्तपोषणका लागि राजनीतिक र कूटनीतिक उत्तोलकको रूपमा चीनले प्रयोग गरेको छ।
सम्मेलनका क्रममा भएका किर्गिस्तानका राष्ट्रपतिसँगको भेटमा सीले ‘चीन–किर्गिस्तान–उज्बेकिस्तान रेलमार्गको उच्च गुणस्तरको निर्माणलाई अगाडि बढाउन र स्वच्छ ऊर्जा, हरित खनिज र कृत्रिम बुद्धिमत्तामा वृद्धिका नयाँ चालकहरूलाई प्रोत्साहन गर्न’ आह्वान गरेका छन् । (एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

प्रतिक्रिया