सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

सुन्दरबजार (लमजुङ)- सुन्दरबजार नगरपालिकाले सडक आश्रित मानवमुक्त नगरपालिका निर्माणका लागि प्रतिबद्धता जनाएको छ । ‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान’ अन्तरगत मानवसेवा आश्रमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले सहकार्यको प्रतिबद्धता जनाएको हो ।
अन्तरक्रिया कार्यक्रममा मानव सेवा आश्रम लमजुङकी संयोजक अनिता अधिकारीले अभियानमा सुन्दरबजार नगरपालिकाको साथ र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै प्रस्ताव पेस गरेका थिए । कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले मानव सेवा आश्रमको उद्देश्य र अभियान मानवताको उच्चतम रूप भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रहने बताए ।
कार्यक्रममा नगरउपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति थियो । संयोजक अधिकारीले जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गर्दै सडकमा बस्नेहरुको उद्धार, संरक्षण र पुनःस्थापनाका लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

प्रतिक्रिया