ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा- यहाँको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । पाल केही दिनअगाडि मात्रै बिदामा घर आएका थिए ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

प्रतिक्रिया