प्रतिनिधिसभा बैठक स्थगित

रास्वपा र राप्रपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै दुई दलका सांसदहरु उठेर बिरोध जनाएका हुन् । भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले निरन्तर सदनमा विरोध जनाइरहेका छन् ।
रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलव्ध गराएका थिए । सांसद कार्कीले भिजिट भिसा प्रकरणमा प्रशासनको मिलोमलोमा मानवतस्करी भइरहेकाले सदनमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो । यस्तो मुद्दामा सरकार किन मौन बसेको हो भन्दै उनले प्रश्न गरे । उनले आफूहरुले जायज माग राख्दा सरकारले रोष्टमबाट धम्काउने काम गरेको जिकिर गरे ।
त्यसपछि सभामुख घिमिरेले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिदा रास्वपाका सांसदहरुले वेल घेराउ गरेका थिए । कांग्रेस सांसद घिमिरेले रास्वपाका सांसदहरुले अमर्यादीत काम गरेको भन्दै आपत्ति जनाए । अमर्यादीत काम गर्ने सांसदलाई बैठकबाट निष्कासन गर्नुपर्ने उनले बताए ।.
रास्वपा र राप्रपाले निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

सदनमा ठूला–साना सबै दल सबैको भूमिका बराबर छः अध्यक्ष लिङ्देन

प्रतिक्रिया