दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता

काठमाडौँ- नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन ।
यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ । ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निशुल्क सडक कर पनि पाउनुहुनेछ । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ ।
एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ ।

लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि

पोखरामा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात : असार ६ गतेसम्म चल्ने

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

प्रतिक्रिया