मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई चकित पारेका छन् ।

वास्तवमा, उनी सम्मेलन जारी रहेकै बखतमा सम्मेलन छोडेर अमेरिका फर्किएका छन् । 

इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला उनले यस्तो कदम चालेका हुन् ।

जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले समूहको महत्वबारे पनि प्रश्न उठाएका थिए । उनले सन् २०१४ मा रुसलाई जी–७ बाट निष्कासन गर्नु गलत भएको बताउँदै उनले चीनलाई  जी ७ मा समावेश गर्नुपर्ने सुझाव पनि दिए ।