वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौँ- वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवाका लागि प्रतिबद्धता जनाउँदै बुटवल

रविन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी
_GERtxOjGHH_gucvwmok4qz74vfgjwgg6njgsyfkvrljutxigaivg89mhdufre5dimcmalgm_pGrc3g1v8f_cgmrpgsimqk1rpwfrsfdyxnt0w2u9q9p3mo4bj0owlijrgeasbiw57a7gnwy.jpg)
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपाली शान्ति सैनिकको अदलीबदली

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

प्रतिक्रिया