शनिबार ३१ साउन, २०८२
Saturday, August 16, 2025

कुमारी बैंकका ग्राहकले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

काठमाडौँ- कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौँस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा (Trial) सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।