समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थविरुद्ध बृहत् शान्ति सम्झौतापश्चात् २०६३ साल जेठ २१ गते पुनःस्थापित संसद्बाट देशलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको बताएका छन् ।
संविधानमा छुवाछूत तथा विभेदजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा व्याख्या गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्, “दलित समुदायको समुचित उत्थानका लागि विशेष पहल, नीति तथा कार्यक्रम आवश्यक छन् ।”

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया