नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

भद्रपुर (झापा)- आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।
काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

पेट्रोलको मूल्य बढ्यो

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

घरेलु उद्योगबाट सफल ब्रान्डसम्म: जुलीज केक्स एन्ड पेस्ट्रिजको २२ वर्षको यात्रा

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

दसैँको मुखमा दु:ख दिइरहेको इको पहिरो (भिडियो/फोटो)

प्रतिक्रिया