विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका बिभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताएका हुन् ।
उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निमार्णका लागि यस बर्षमात्रै रु पाँच करोड बजेट छुट्याएर काम भइरहेको धारणा राखे । महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए। अहिले पाटन क्षेत्रमा धेरै नै ट्राफिक चाप बढेकाले दमकल समेत सहज रुपमा आवतजावत गर्न कठिन भएको उहाले बताउनुभयो । महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानूनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे।
उहाले प्रयाप्त स्रोत साधन हुँदाहुँदै पनि जनशक्ति दक्ष नहुँदा विपद् व्यवस्थापनमा समस्या भएकाले महानगरका नगर प्रहरीलाई लक्षित गरेर विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम दिइएको जानकारी दिनुभयो ।

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

प्रतिक्रिया