हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीका एक जना हवलदारसहित २१ जना प्रहरी कर्मचारी सम्पर्कविहिन भएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको हो ।
एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन्। गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका-२ का अमरनाथ चौधरी छन्।
उनी चैत २६ गतेदेखि गैरहाजिर छन्। सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन्।
बाँकी १५ जना जवान र एक जना कार्यालय सहयोगी छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

दूध उत्पादनमा नमूना बन्दै ‘बेलवास गाउँ’

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आगलागीमा तीन लाख बढीको क्षति

जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

देशका अधिकांश भागमा बदली हुने

शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या

प्रतिक्रिया