आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाईएको छ।