भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको नाम मुछिएपछि गृह मन्त्रालयले भन्यो- भ्रष्टाचारजन्य काममा कुनै संलग्नता छैन

काठमाडौँ- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको कुनै संलग्नता नरहेको जनाएको छ ।
मन्त्रालयले विज्ञफ्तिमा गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।
'विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ' जारी विज्ञप्तिमा भनिएको छ 'यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।'
'बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं । मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ' विज्ञप्तिमा भनिएको छ 'मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने विज्ञप्तिमा लेखिएको छ । त्यस्तै आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने दाबी गृह मन्त्रालयले गरेको छ ।

मेरो कारणले कांग्रेसको शिर झुक्न दिन्न, भिजिट भिषामा संलग्नता पुष्टी भए राजनी…

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

नेकपा (एस)को ताप्लेजुङ अध्यक्षमा लिम्बू

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

प्रतिक्रिया