इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

कायरो, इजिप्ट- इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा र्पुयाइएको छ ।
इजिप्टमा प्रत्येक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । यी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियमको उल्लङ्घन र सडकको कमजोर अवस्था रहेका छन् ।
केही वर्षयता इजिप्टले दुर्घटना न्यूनीकरणका लागि नयाँ सडक तथा पुल निर्माण गर्दै पुराना संरचनाहरूको मर्मतसमेत गरिरहेको छ । (सिन्ह्वा)

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

प्रतिक्रिया