शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

रारा ट्रेल रनको उपाधि बुढाले जिते

मुगु – नेपाली सेनाको आयोजनामा सम्पन्न पाँचौं रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्। रारा ताल वरपरको १६ किलोमिटर दुरीमा गरिएको ट्रेल रनमा देशभरिबाट २१३ जना धावकले सहभागिता जनाएका थिए।

पुरुष तर्फ कन्कासुन्दरी गाउँपालिका–३ का युगराज बुढाले १ घण्टा १२ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे।
सोही पालिकाका वडा नं। १ का सोमबहादुर रावत दोस्रो तथा वडा नं। २ का चन्द्र रावत तेस्रो भए।

महिला तर्फ पातारासी गाउँपालिका–२ की सुनमाया बुढा पहिलो, कल्पना बुढा दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो स्थानमा रहे। विजयी खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु ३० हजार र तेस्रो हुनेले रु २० हजार प्राप्त गरे।

पुरस्कार वितरण कार्यक्रम नेपाली सेनाका उत्तरपश्चिम पृतनापति उपरथी अनुपजङ्ग थापा, वाहिनीपति सहायक रथी संजय देउजा र प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सम्पन्न गरेका थिए।