५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा निज दुई जनालाई पक्राउ गरिएको हो ।”
पक्राउ परेकामध्ये साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै रु ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके पठाउने भन्दै रु दश लाख लिई ठगी गरेको खुल्नमा आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए । -

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

'गृहमन्त्रीको साथी हुँ' भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

प्रशाशकीय अधिकृत कुटने पक्राउ, अर्का फरार

प्रतिक्रिया