पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारत युद्धविरामका लागि सहमत भएको बताएका छन् । शनिबार पाकिस्तानका विदेशमन्त्री डारले एक्समार्फत यस्तो बताएका गरेका हुन् ।
‘पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ’ डारले एक्समा लेखेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् भन्दै ट्रुथमा लेखेका थिए । 'युद्धविराम घोषणा गर्न पाउँदा खुसी छु' ट्रम्पले लेखेका थिए ।
‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ’ उनले भने 'मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ । भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन् ।’
‘हामी प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्छौं,’ उनको भनाइ उदृत गर्दै बीबीसीले भनेको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया