भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
काठमाडौँ- भारतले एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको छ । पाकिस्तानले प्रत्याक्रमणको नाम ‘बुनयान-उल-मरसूस’ राखेको छ ।
दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आरोप लगाएको छ ।
पाकिस्तानको घोषणा लगत्तै भारत प्रशासित कश्मीरको उधमपुरको डिब्बर क्षेत्रमा विस्फोट भएको दाबी गरिएको छ भने त्यस क्षेत्रमा लगातार खतराको साइरन बज्न थालेको छ ।
शुक्रबार साँझ पनि कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा रातभर गोलाबारी भएको बताइएको छ ।
भारतले केहि दिनअघि ‘अपरेशन सिन्दूर’ नाम दिएर आक्रमण गरेको थियो ।

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

३० हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

प्रतिक्रिया