भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

नयाँदिल्ली- भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो ।
किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन । साथै, सबै ओटीटी प्लेटफर्महरूलाई यसको निर्देशन पनि दिइसकेको छ । जसको मतलब हो, भारतमा पाकिस्तानी सामग्री प्रतिबन्धित गरिएको छ। अब दर्शकले पाकिस्तानी गीत र वेब सिरिज भारतमा भने हेर्न पाउने छैनन् ।
भारतको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तान माथी धेरै प्रतिबन्ध लगाउने क्रममा यो नयाँ कदम चालिएको हो । अहिले भारतले छिमेकी मुलुक पाकिस्तानको मनोरञ्जन उद्योगलाई पनि तोडने लक्ष्य राखेको भारतीय समाचार माध्यमले जनाएका छन् ।
उनीहरूका अनुसार अब सबै प्लेटफर्मबाट पाकिस्तानी सामग्री भारतका लागि कम्तिमा हुने छैनन् । न त पाकिस्तानी गीतहरू, न त वेब सिरिज र पाकिस्तानी फिल्महरू नै भारतमा चल्नेछन् ।
साथै, यो नयाँ कदम चाल्दै भारत सरकारले सबै ओटीटी प्लेटफर्महरूलाई कडा निर्देशन दिएको छ। यसअघि पहलगाम हमलापछि भारतले धेरै पाकिस्तानी युट्युब च्यानल र सेलिब्रेटीमाथि प्रतिबन्ध लगाएको थियो ।
अब यसलाई एक कदम अगाडि बढाउँदै पाकिस्तानी मनोरञ्जन सामग्रीमा पनि प्रतिबन्ध लगाइएको हो । जसका कारण पाकिस्तानी मनोरञ्जन उद्योगलाई गहिरो झट्का लागेको भारतीय मिडियाहरूले दावी गरेका छन्् । यी नियमहरू तत्काल प्रभावबाट लागू हुने स्पष्ट निर्देशन पनि दिइएको छ।
सन २०२१ को आईटी नियमहरू उल्लेख गर्दै सरकारले भनेको छ कि कुनै पनि सामग्री नदेखाउनु पर्ने कारण निम्न रूपमा उल्लेख गरेको छ ।
– भारतको एकता र अखण्डतालाई हानि पुर्याउँछ
– देशको सुरक्षामा खतरा छ
सरकारले २२ अप्रिल २०२५ मा पहलगाममा हालै भएको आतंकवादी हमला र पाकिस्तानसँग सम्बन्धित संगठनहरूको भूमिकालाई ध्यानमा राखेर यो निर्णय गरेको हो।
यसका कारण, भारतका सबै स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्रीहरू जस्तै चलचित्र, वेब सिरिज, गीत र पोडकास्टहरू, निःशुल्क वा सशुल्क, तत्काल प्रभावबाट हटाउन निर्देशन दिइएको छ। जसले भारतको अन्य देशसँगको सम्बन्ध बिगार्छ । मानिसहरूलाई हिंसामा उत्प्रेरित गर्ने वा समाजमा अशान्ति सिर्जना गर्छ ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

प्रतिक्रिया