नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले आज बहराइनसँग भिड्दैछ ।
आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दोस्रो खेल बहराइनसँग खेल्न लागेको हो ।
आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको हिजो हुने भनिएको पहिलो खेल रद्द भएको थियो, जसका कारण दुवै टिमले १-१ अंक बाँडेका छन् ।
थाइल्यान्डमा हिजोदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको थियो । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । सो खेल बिहान ८:४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।
भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले हिजो पहिलो खेल बिहान ८:१५ बजे हङकङसँग प्रतिस्पर्धा गर्न नपाए पनि शनिवार भने बहराइनसँग खेल्न सक्ने सम्भावना रहेको छ।
विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया