इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु, पाँच घाइते

जकार्ता- इन्डोनेसियाको मध्य जाभा प्रान्तमा बुधबार बिहान एक दुःखद दुर्घटना भएको छ, जहाँ बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
सिलाकाप जिल्लास्थित खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार यो दुर्घटना बिहान करिब ११ः३० बजे बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा भएको हो ।
उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा असफल भएपछि ब्रेक फेल भई पछाडि सर्यो र सानो बसमा ठोक्किएर त्यसपछि नजिकैको एक घरमा ठोक्किएको थियो ।
“घटनापछि हाम्रो टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गर्यो,” अब्दुल्लाहले भने “मृतक सबै जना सानो बसमा सवार यात्रुहरू थिए ।”
घाइते पाँचै जनाको उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा लगिएको जानकारी पनि उहाँले दिनुभयो । (सिन्ह्वा)
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

प्रतिक्रिया