भारत र पाकिस्तानबीचको तनाव घटाउन सहयोग गर्न बेलायत तयार
लण्डन- भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ ।
आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानमा दुई दशकयताकै सबैभन्दा तनावको अवस्था आएपछि बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले सहयोग गर्न तयार रहेको बताएका हुन् ।
उनले भने, “हामी दुवै देशका मित्र र साझेदार हौँ । हामी दुवै देशलाई सहयोग गर्न तयार छौं । हाम्रो सन्देश के हुनेछ भने क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र उनीहरूलाई सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँ,” उहाँले बीबीसी रेडियोसँगको अन्तवार्तामा बताए ।
पाकिस्तानी विदेश मन्त्रालयले ब्रिटिस नागरिकलाई भारत–पाकिस्तान सीमाको आठ किलोमिटर भित्र, नियन्त्रण रेखाको १६ किलोमिटरभित्र यात्रा नगर्न र सबैलाई पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ ।
उनले भने, “हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौँ । बेलायती नागरिकहरूले हाम्रो यात्रा सल्लाहको साथ अद्यावधिक रहनुहुनेछ र स्थानीय अधिकारीहरूको सल्लाह पालन गर्नुहुनेछ ।” (एएफपी)

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया