मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

मुस्ताङ- यहाँस्थित मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवद्धन गर्न सकिन्छ भनेर उनीसहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो । यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दुरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी दिए । उनले भने,’स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ ।’
प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो ।
टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ ।

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको रोकियो

प्रतिक्रिया