भारतीय क्रिकेटर शिखर धवन प्रेममा

मुम्बई- टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र ? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ । तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन् ।
वास्तवमा २०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिए । तर यस अवधिमा पनि धेरै व्यक्तिसँग उनको सम्बन्धको अफवाह बाहिर आएको थियो। तर यी समाचारहरु अफवाह मात्र बन्न पुगेका छन ।
किनभने अहिले भारतीय स्टार आफैले नयाँ सम्बन्धको बारेमा पुष्टि गरेका छन् । यी केटी अरु कोहि होइनन्, उनको प्रेमिका सोफी शाइन हो। इन्स्टाग्राममा उनीसँगको आफ्नो तस्विर सेयर गर्दै धवनले यसको क्याप्शनमा लेखे, ‘मेरी’ ।
शिखर धवन र सोफी शाइन सँगै आएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनीहरु धेरै अवसरमा सँगै देखिएका थिए । तर, त्यो अवधिमा दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका थिएनन् ।
सोफी शाइन आयरल्याण्डमा जन्म भएको थियो। उनले लाइमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मार्केटिङ र म्यानेजमेन्टमा डिग्री हासिल गरेकी छिन्। हाल उनी अबुधाबीस्थित नर्दन ट्रस्ट कर्पोरेशनमा महत्वपूर्ण पदमा कार्यरत छिन् ।
अहिले धवन र सोफीको सम्बन्धले सबैलाई आकर्षित गरिरहेको छ । तर यी दुई व्यक्तिको पहिलो भेट कसरी भयो ? यो जानकारी अझै पाउन सकिएको छैन्। तर, यी दुवै जोडी निकै सुन्दर देखिएका छन् । सामाजिक सञ्जालमा अहिले यो जोडीको निकै तारिफ पनि भइरहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ApaOSB2oDB_pnzlly7uhbxc53auhsgeggqivza4umhyff0i6jludoadixk2i7l7tldsghmx.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया