भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

पाल्हीनन्दन (नवलपरासी ब सु प)- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ स्थित २० बिघा जग्गामा खरबुजा खेती गरिएको छ । यहाँ भारतको उत्तर प्रदेश र हरियाणका बीस घरपरिवारले खेती गरेका हुन् ।
प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार भारतबाट आएर प्रतिबिघा वार्षिक रु ६० हजारका दरले भाडामा लिएर भारतीय नागरिकले खरबुजा तथा तरकारीखेती गरिरहेका छन् ।
गाउँपालिका–६ चोर्नीयाको बगरमा गरिएको खरबुजाखेतीबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । व्यापारीहरूले किसानको खेतबाटै खरबुजा खरिद गर्ने गरेका छन् ।
भारतीय निवासी किसान आरिफ खानले तीन वर्षदेखि आफूहरूले यहाँ खरबुजा तथा तरकारीखेती गर्दै आएको बताए । उनका अनुसार प्रतिकेजी रु २० मा खरबुजा बिक्री हुने गरेको छ । विगतमा राम्रै आम्दानी भए पनि यस वर्ष खरबुजामा फङ्गस् रोग लागेर सोचेअनुसार उत्पादन नहुँदा केही घाटा लागेको आनको गुनासो छ ।
यहाँ उत्पादित खरबुजा काठमाडौँ, नारायणघाट, बुटवल, पोखरा, भैरहवा, चितवनसम्मका व्यापारीले खेतमै आएर लैजाने गरेका छन् । प्रतापपुर गाउँपालिका–८ निवासी प्रमोद सहानीले खरबुजाखेती गरेको खेतमा मुमफली (बदाम) कोसमेत उत्पादन हुने भएकाले कसैले भाडामा त कसैले अधियामा खेती गरिरहेका बताए ।

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

प्रतिक्रिया