गगन थापा बिरूद्द अदालतमा अबहेलनाको मुद्दा दायर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता तथा पुर्व पत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।
प्रतिनिधिसभा संसदसमेत रहेका कांग्रेस महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको गम्भिर आरोप लगाएका थिए । गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथी प्रश्न उठाएका थिए ।
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,” उनले गत बैशाख ११ गते दिएको अभिब्यक्तिलाइ लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

प्रतिक्रिया