बुधबार ०४ भदौ, २०८२
Wednesday, August 20, 2025

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाइ आज पनि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइदैँछ । यसअघि अदालतले दिएको ३ दिनको म्याद आज सकिने भए पछि म्याद थपका लागि मिश्रलाइ आज अदालतमा लगिन लागेको हो ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका मिश्र थुनामा परेको आज भोली एक महिना पुग्दैँछ । गत चैत १५ गते काठमाडौं, तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा मिश्रलगायतका सयौं पक्राउ परेका थिए । 

उनी सँगै चैत १५ गते राती पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा भने ‘क्यान्सर बिरामी’ भएकाले गत हप्ता नै छुटिसकेका छन । हाल दिल्लीमा उपचाररत राणा आज स्वदेश फर्कदैछन् । यसअघि गरिएको ३ दिनको म्याद थप सकिए सँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा मिश्रलाई उपस्थित गराउन लागिएको हो।