प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौँ- प्राइम कमर्सियल बैंक र एनसीएचएल बीच एनपीएस -नेशनल तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस -नेशनल को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस -नेशनल र नेपाल पे मा आवद्ध भइरहेका छन् । NEPALPAY पूर्वाधारको कमर्सियल रोलआउट पश्चात प्राइम कमर्सियल बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस -नेशनल लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

प्रतिक्रिया